युनिलिभर नेपालद्वारा लाभांश घोषणा
१६ कार्तिक २०८३, सोमबार ०९:४१

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण सम्पन्न वार्षिक वित्तीय विवरण स्वीकृत गर्दै उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ९ गतेदेखि मंसिर २३ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । यसअनुसार मंसिर ८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।











