शैक्षिक सामग्री व्यवसायी र अजोड इन्स्योरेन्सबीच सम्झौता

६ फाल्गुन २०७७, बिहीबार १९:०८

काठमाडौं । देशैभरिका स्टेशनरी व्यवसायीहरुको छाता संगठन नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघसँग अजोड इन्स्योरेन्स कम्पनीले बीमा सेवा प्रदान गर्ने सम्झौता गरेको छ ।

संघमा आबद्ध देशैभरिका हजारौं व्यवसायीहरुको बीमा सेवाको लागि अजोड इन्स्योरेन्सलाई अफिसियल बीमा कम्पनीको रुपमा स्वीकार गर्ने सम्बन्धी दुई निकायबीच सम्झौता भएको अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ । बीमा सेवा आदान प्रदान सम्बन्धी सम्झौतापत्रमा अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष रामेश्वर पराजुलीले बिहिवार एक समारोहका बीच हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि अजोड इन्स्योरेन्स कम्पनी स्टेशनरी व्यवायीहरुको अफिसियल बीमा सेवा प्रदायक कम्पनी हुन पुगेको छ । सम्झौतापछि बीमा सम्बन्धी जनचेतनामा सहज हुनुका साथ बीमा कारोबार बृद्धि हुने र स्टेशनरी व्यवसायीहरुको जोखिम हस्तान्तरण भई सुरक्षित हुने विश्वास व्यक्त गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*