माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी खेतानको ९१ हजार ५४ कित्ता सेयर बिक्रीमा
१६ कार्तिक २०८३, सोमबार १०:१०

काठमाडौं । माछापुच्छ्रे बैंकका संस्थापक सेयरधनी श्याम सुन्दर खेतानले आफ्नो नाममा रहेको ९१ हजार ५४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।
बैंकले संस्थापक सेयर बिक्रीसम्बन्धी सूचना जारी गर्दै खेतानको स्वामित्वमा रहेको उक्त सेयर बिक्री गर्न लागेको जनाएको हो ।
बैंकका अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइनेछ । संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा मात्र अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्न सकिने व्यवस्था रहेको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।











