आरएसडिसी लघुवित्तको लाभांश घोषणा

१६ कार्तिक २०८३, सोमबार ०९:४९

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई करसहित ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशअनुसार संस्थाले कुल ९ करोड ७२ लाख २ हजार ५५ रुपैयाँ २० पैसा वितरण गर्नेछ।

संस्थाको कात्तिक १५ गते बसेको सञ्चालक समितिको १९१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो। हाल संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४० लाख ६४ हजार ४१७ रुपैयाँ रहेको छ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाइने संस्थाले जनाएको छ। राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि संस्थाको १३औँ वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*