सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

९ फाल्गुन २०७७, आईतवार १२:२४

काठमाडौं । सुनको मूल्य घटबढ भइरहने गर्दछ । शुक्रबारसम्म सुनको मूल्य एक हजारका दरले घटेको थियो भने आज आइतबार सुनको मूल्य प्रतितोला ८०० ले बढेर ८९ हजार पुगेको छ ।

शुक्रबार सम्ममा ८८ हजार २ सय प्रतितोला रहेको सुनको भाउ आईतबार पुन बढेर ८९ हजार पुगेको हो ।

त्यस्तै सुनचाँदी व्यवसायीका अुनसार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १३ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*