लगातारका चार दिन घटेको सुनको भाउ उकालो लाग्यो

१७ फाल्गुन २०७७, सोमबार १४:४३

काठमाडौं । सुनको मूल्य लगातार घटिरहेको बेला सोमबार भने उकालो लागेको छ ।
लगातार चार दिनको कारोबार गिरावट भएको सुनको मूल्य, सोमबार उकालो लागेको हो । फागुन १७ गते, सोमबार सुन प्रति तोलामा ४०० रुपैयाँले वृद्धि भएको हो ।

छापावाला सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

पछिल्लो चार दिनको गिरावटपछि सुनको मूल्य सोमबार बृद्धिदर भएको हो ।

साताको पहिलो कारोबार दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले ओरालो लागेर प्रतितोला ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । फागुन ११ गतेदेखि फागुन १६ गते सुन तोलामा एक हजार ८०० रुपैयाँले गिरावट भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*