बाँकेको कोहलपुर पुग्यो नेपाल लाईफ, १८० औं उपशाखा कार्यालय उद्घाटन

१८ फाल्गुन २०७७, मंगलवार १५:०१

काठमाडौं । देशव्यापी शाखा सञ्जाल विस्तार गर्ने क्रममा रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १८० औं उपशाखा कार्यालय हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कम्पनीका मार्केटिङ प्रमुख नायब महाप्रबन्धक उमापति पोखरेलले सोमबार नयाँ उपशाखाको औपचारिक रुपमा उद्घाटन गरेको सो कम्पनीले जनाएको छ ।

उद्घाटनको क्रममा बोल्दै पोखरेलले कोहलपुरबासीको सहज र सरल सुविधाको लागि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको उपशाखा कार्यालयको स्थापना भएको बताए । हाल नेपाल लाइफले जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजार हिस्सा ओगटेको दावी गर्दै नायब महाप्रबन्धक पोखरेलले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा २८ लाख जनताले आफ्नो जीवनको जोखिम रक्षावरण गरेको बताए ।

यसअघि १७९ वटा उपशाखा सञ्चालनमा ल्याईसकेको कम्पनीले हिजोबाट नयाँ थप गरी कूल उपशाखा संख्या १८० पुगेको छ । देशैभरी शाखा, उपशाखा, एजेन्सी कार्यालयमा सबैभन्दा शसक्त उपस्थिति दर्शाएको कम्पनीको नयाँ उपशाखा विस्तारसँगै बाँके तथा कोहलपुर क्षेत्रका स्थानीय जनताको बीचमा जीवन बीमाबारे थप बजारिकरण हुने विश्वास लिइएको छ ।

कम्पनीको नयाँ उपशाखा कार्यालय प्रमुखको जिम्मेवारी विष्णु प्रसाद शर्मालाई तोकेको छ । स्थानीय जनताको बीचमा जीवन बीमाको जनचेतना जगाउँदै बीमा व्यवसाय विस्तार गर्ने उपशाखा प्रमुश शर्माले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*