सरकार र बिद्रोही नेकपाबीच वार्ता आजै

प्रकाण्ड र बादलबीच वार्ता, प्रतिबन्ध हटाउने निर्णय सार्वजनिक हुने
१८ फाल्गुन २०७७, मंगलवार १७:३८

काठमाडौं । आजै मात्रै वार्ता टोली गठन गरेको विद्रोही नेकपा र सरकारबीच आजै वार्ता हुने भएको छ । राजधानी वरपर गोप्य स्थानमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा बादल तथा विद्रोही नेकपाका वार्ता टोलीका संयोजक प्रकाण्डबीच वार्ता हुने जनाइएको छ ।

आज हुने वार्ताको सम्बन्धमा विवरणहरु बाहिर सार्वजनिक गर्ने वा नगर्ने सम्बन्धमा केही खुलाइएको छैन । स्रोतले गोप्य स्थानमा दुवै पक्षका बीचमा वार्ता सुरु भएको जनाएको छ । सो वार्तामा मध्यस्थकर्ता समेत राखिएको छैन ।

वार्ताको लागि वर्तमान राजनीतिक संरचना, आर्थिक अवस्था तथा राष्ट्रिय स्वाधिनतालाई केन्द्रबिन्दुमा राखेर वार्ता हुन लागेको विद्रोही नेकपाले जनाएको छ । आजै हुने वार्तापछि विद्रोही नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी समेत भइरहेको उच्चस्तरीय स्रोतले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*