१९ जीवन बीमा कम्पनीको ६ महिनामा साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च, युनियन लाईफको खर्च उच्च

१८ फाल्गुन २०७७, मंगलवार २०:१०

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्चको आधारमा उनीहरुको मुनाफा र जीवन बीमा कोष बलियो हुने गर्दछ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार कूल १९ वटा जीवन बीमा कम्पनीहरुले साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १९ जीवन बीमा कम्पनीहरुले कूल चार अर्ब ६६ करोड १४ करोड ७३ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् । व्यवस्थापन खर्चको आधारमा नयाँ जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सको व्यवस्थापन खर्च चिन्ताजनक देखिएको छ । स्थापनादेखि नै आक्रामक बीमा व्यवसाय गर्दै आएको युनियन लाईफको व्यवस्थापन खर्च पुराना कम्पनीहरु सरह देखिएको हो । जीवन बीमा शुल्कको अनुपातमा व्यवस्थापन खर्च बढ्दै जानुलाई चिन्ताको रुपमा हेरिन्छ ।

व्यवस्थापन खर्चको आकारको आधारमा नेपाल लाईफ सबैभन्दा अगाडि छ । नेपाल लाइफले पुस मसान्तसम्ममा ४८ करोड ६ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४५ करोड ९७ लाख ८१ हजार रुपैयाँ खर्च गरेको छ ।

जीवन बीमा कोष र मुनाफामा प्रत्यक्ष प्रभाव पार्ने व्यवस्थापन खर्चको आधारमा नयाँ जीवन बीमा कम्पनी युनियन लाईफ तेस्रो बनेको छ । युनियन लाईफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तसम्ममा ४० करोड ८० लाख ४० हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । वित्तीय विवरण अनुसार बीमा शुल्क संकलनमा दोस्रो बनेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) चौथो स्थानमा रहेको छ । एलआईसी नेपालले चालु आवको छ महिनामा ३८ करोड ५७ लाख ८० हजार रुपैयाँ खर्च गरेको छ ।

पाँचौ स्थानमा प्राइम लाइफ इन्स्योरेन्स परेको छ । सो कम्पनीले २९ करोड ६४ लाख १९ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । पुरानो कम्पनी गुराँस लाइफले २८ करोड ७६ लाख दुई हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २७ करोड २७ लाख ८९ हजार रुपैयाँ, आइएमई लाइफले २६ करोड ५ लाख १७ हजार रुपैयाँ, एशियन लाइफले २५ करोड ४१ लाख ९७ हजार रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले २५ करोड १० लाख ६९ हजार रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले २२ करोड १८ लाख ६२ हजार रुपैयाँ र रिलायन्स लाइफ इन्स्योरेन्सले १९ करोड १६ लाख ६२ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेका छन्।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १८ करोड ९० लाख ६१ हजार रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको १४ करोड २१ लाख ९५ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १३ करोड ५३ लाख १२ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड ६७ लाख ५७ हजार रुपैयाँ, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको १० करोड १२ लाख ९३ हजार रुपैयाँ, महालक्ष्मी लाइफले नौ करोड ९२ लाख ३५ हजार रुपैयाँ र सरकारी स्वामित्वा रहेको राष्ट्रिय बीमा संस्थानको नौ करोड ७२ लाख १७ हजार रुपैयाँ व्यवस्थापन खर्च देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*