एमाले र माओवादी एकता प्रक्रिया सर्वोच्च अदालतद्वारा खारेज, तीन वर्षपछि ब्यूतिए एमाले र माओवादी

२३ फाल्गुन २०७७, आईतवार १६:००

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगमा २०७५ साल जेठमा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रको पार्टी एकता गर्ने सम्बन्धमा भए गरेका सम्पूर्ण प्रक्रिया खारेज गर्दै एमाले र माओवादी पूर्ववत रुपमा फरक फरक दुई दल भएको फैसला गरिदिएको छ ।

निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दोजुल्दो नाम राखेर नयाँ पार्टी दर्ता भएकोले खारेज गरिपाउँ भन्दै २०७५ कार्तिकमा रिट दायर गरेका थिए । दुई वर्षभन्दा पुरानो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले हालको सत्ता गठबन्धन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता नै वैधानिक प्रक्रिया पूरा नभएको ठहर गरी रद्द गरिदिएको हो ।

सर्वोच्चले पार्टी एकता प्रक्रिया खारेज गरेसँगै अब तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी पूर्ववत रुपमा राजनीतिक दलको हैसियतमा फर्किएकोले सोही बमोजिम गर्न गराउन निर्वाचन आयोगका नाममा पुरमादेश समेत जारी गरेको छ ।
हेरौं फैसलाको ठहर खण्ड ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*