भोजराज शर्मा कार्यदलले बुझायो पुनर्बीमा कम्पनी दर्ता सम्बन्धी प्रतिवेदन, सेटिङमा नयाँ पुनर्बीमा कम्पनी दर्ता हुँदै

४ चैत्र २०७७, बुधबार १२:४३

काठमाडौं । बीमा समितिले प्रशासनिक र राजनीतिक दवावमा नयाँ पुनर्बीमा कम्पनी दर्ता प्रक्रिया अघि बढाएको छ । बीमा समितिले गठन गरेको पुनर्बीमा कम्पनी दर्ता गर्ने सम्बन्धी अध्ययन समितिले हिजो आफ्नो प्रतिवेदन अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पेश गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलको दवावमा नयाँ पुनर्बीमा कम्पनी दर्ता गर्न खोजेको अध्यक्ष सिलवालकै योजना मुताविक नयाँ पुनर्बीमा कम्पनी दर्ता गर्न मिल्ने गरी प्रतिवेदन बुझाइएको बताइएको छ ।

बीमा समितिले गत फागुन १५ गते बीमा विज्ञ शर्माको नेतृत्वमा बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे र चाटर्ड एकाउन्टेण्ट सुजन आचार्य सदस्य रहेको अध्ययन समिति गठन गरेको थियो । सो समितिले विस्तृत अध्ययन पश्चात हिजो बीमा समितिका अध्यक्ष सिलवाल समक्ष प्रतिवेदन बुझाएको छ ।

बीमा समितिका सल्लाहकार भोजराज शर्माले गोप्य प्रतिवेदन बुझाइएको र सो प्रतिवेदनमा उल्लेखित भएको विषयबारे अहिले प्रतिक्रिया दिन नमिल्ने बताए । उता, बीमा समितिले भने सेटिङमा पुनर्बीमा कम्पनी दर्ता गर्ने प्रक्रिया खुल्ला गर्न लागेको जनाइएको छ । पुनर्बीमा कम्पनी दर्ता गर्न चार वटा कम्पनी तयारी अवस्थामा रहेका छन् । जसमा काठमाडौं री, जेन्युअन री, अन्नपूर्णा री र प्रुेडेन्सियल री रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*