शिखर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७६।०७७ को बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीको १५ र १६ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको हो ।
आज सम्पन्न भएको कम्पनीको साधारणसभाले हाल कायम चुक्ता पुँजिको ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको कम्पनीले जनाएको छ । त्यस्तै, आव २०७६/७७ को मुनाफाबाट २७।७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ। साो मुनाफामा यसै वर्षको सुरुमा वितरण गरिएको ३० प्रतिशत हकप्रद शेयरपछि हुन आउने चुक्ता पुँजिका शेयरधनीहरु सबैले पाउने कम्पनीले जनाएको छ ।
उक्त सभाले दुई आर्थिक बर्षको साधारण सभाले लाभांश अनुमोदन, हकप्रद तथा शेयर संरचना परिमार्जन लगायतका प्रस्ताव पारित गरेको शिखर इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीले गत साउन ४ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो। हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । आज पारित भएको २७.७६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएसँगै शिखर इन्स्योरेन्स कम्पनीको कूल चुक्ता पुँजि एक अर्ब ७३ करोड रुपैयाँ कायम हुनेछ । साथै आज पारित भएको पुनः ३० प्रतिशत हकप्रद निष्काशन गर्ने विशेष प्रस्ताव अनुसार कार्यान्वयन भएपछि कम्पनीको कूल पुँजी दुई अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।
कम्पनीले शेयर संरचना परिवर्तन गदैृ सर्वसाधाण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउने विशेष प्रस्ताव गरेको छ । हाल संस्थापक शेयर पुँजीको हिस्सा ६० प्रतिशत रहेको छ भने सर्वसाधारणको ४० प्रतिशत छ।