नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग अभिकर्ताले पोखे गुनासो

१० चैत्र २०७७, मंगलवार १८:३२

काठमाडौं । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी समक्ष अभिकर्ताहरुले दर्जनबढि गुनासोहरु पोखेका छन् । पेशागत बीमा अभिकर्ता संघ र बीमिति समिति नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको आयोजनामा राजधानीमा सम्पन अभिकर्ता शसक्तिकरण अभियान कार्यक्रममा सहभागी बीमा अभिकर्ताहरुले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीप्रति गुनासो गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले बीमा कम्पनीको व्यवस्थापन, बीमितले पाउने लाभका लागि कम्पनीबाट हुनुपर्ने योगदान, दैनिक प्रशासनिक कार्यसम्म गुनासो गरेका हुन् । त्यस्तै कार्यक्रममा बोल्ने अधिकांश बीमा अभिकर्ताहरुले कम्पनीको व्यवस्थापन, कर्मचारीको व्यवहार तथा समयमा दावी भुक्तानी गर्न व्यहोर्नु परेका सास्तीबारेमा गुनासो गरेका थिए ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कार्यबाहक सिईओ सन्तोषराज प्रसाईले नेपाल लाइफ इन्स्योरेन्स बीमा अभिकर्ताहरु कम्पनीको ब्राण्ड एम्बेसडर भएको बताउँदै हातमा हात, साथमा साथ मिलाएर अघि बढ्न तयार रहेको बताए । उनले कम्पनी र अभिकर्ताहरुका बीचमा परेका समस्याहरुको सम्बन्धमा बसेर छलफल गरी समाधान निकाल्न प्रतिबद्धता व्यक्त गर्दै कम्पनीलाई पहिलो नम्वरको कम्पनीको रुपमा कायम राख्दै उच्च प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*