कालिका लघुवित्तको साधारण सभा वैशाख ७ गते, सेयर संरचना परिवर्तन गर्ने

१२ चैत्र २०७७, बिहीबार ११:२२

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक संयुक्त साधारण सभा डाकेको छ । संस्थाले आफ्नो दशौं र एघारौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

संस्थाको चैत ११ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार आगामी वैशाख ७ गते साधारण सभा हुने निर्णय भएको हो । बैठकअनुसार साधारणसभा टास्क इन्टरनेशनलको सभाहल, पोखरा कास्कीमा हुनेछ ।

सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा संस्थाको सेयर स्वामित्व संस्थापकतर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश हुने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*