सुनको मूल्य ३ सयले बढ्यो

१२ चैत्र २०७७, बिहीबार १४:४२

काठमाडौं । बिहीबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।

बिहिबार छापावाला सुन प्रतितोला ८६ हजार ९०० र तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यस्तै महासंघका अनुसार चाँदीको मूल्य भने घटेको छ । प्रतितोला १० रुपैयाँले घटेको चाँदीको मूल्य बिहिबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो भने चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*