पहिलो पटक बीमितहरु सम्मानित, सिटिजन लाइफमा बीमा गरेका २१ जनालाई ९५ बर्षियले दिए उपहार

१६ चैत्र २०७७, सोमबार ११:३३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक बीमितको सम्मान गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गतको भैरहवा एरिया अन्तर्गत रहेका भैरहवा शाखा र भलवारी शाखाद्धारा संयुक्त रुपमा सो क्षेत्रका २१ जना बीमितलाई सम्मान गरिएको हो ।

बुटवलस्थित तिलोत्तमा नगरपालिका वडा नं. ६ मा आयोजित बीमित सम्मान कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स मध्य—पश्चिम क्षेत्र प्रमुख सुनिल पोखरेल, भैरहवा एरिया प्रमुख नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, तौलिहवा शाखा प्रमुख सन्दिप लम्साल, रामपुर शाखा प्रमुख गेहेन्द्र पौडेल, ओमसतिया गाउपालिकाका अध्यक्ष हिरा केवट, माया देवी गाउपालिकाका वडाध्यक्ष राजेन्द्र यादव सहित भव्य कार्यक्रमका बीच समयमा प्रिमियम बुझाउने तथा ठूलो रकमको बीमा गर्ने बीमितहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

सो क्षेत्रका २१ जना उत्कृष्ट बीमितलाई स्थानीय ९५ वर्षका अग्रज समाजसेवी चिन्तामणी न्यौपानेको हातबाट बीमितहरुलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।

सोही समारोहमा भिआईपी एजेन्सीहरुलाई अभिमुखिकरण तालिम समेत प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तालिममा उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सीसहित १५० भन्दा बढिको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*