नेपाल पुनर्बीमा कम्पनी उत्कृष्ट करदाता, आन्तरिक राजश्व विभागले गर्यो सम्मान

२० चैत्र २०७७, शुक्रबार २३:३७

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपाल पुनर्बीमा कम्पनीलाई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेकोछ । राजधानीमा आयोजित एक कार्यक्रमका बीचमा विभागले पुनर्बीमा कम्पनीलाई सम्मान गरेको हो । आव २०७६।०७७ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई सम्मान गरेको जनाएको छ ।

बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नेपाल पुनर्बीमा कम्पनीलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको हो । हिजो बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राजस्व सचिव रामशरण पुडासैनीले नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् । आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७६÷७७ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

विभागले गरेको सम्मानमा पहिलो नम्वरको सूचिमा सूर्य नेपाल परेको छ भने बैंकहरुको तर्फबाट नबिल बैंक पहिलो नम्बरमा रहेको छ । त्यसैगरी, निर्यात गर्ने उद्योग मध्येमा डाबर नेपाल, कृषि कम्पनीहरुको तर्फबाट अन्नपूर्ण एग्रो इन्डस्ट्रिज तथा लघुवित्त कम्पनीहरुको तर्फबाट छिमेक लघुवित्त कम्पनीले समेत विभागबाट सम्मान पाएएका छन् ।

त्यस्तै, गत वर्षको सबैभन्दा बढि कर तिर्नेहरुमा व्यक्तिगततर्फबाट बिजय कुमार शाह परेका छन् । जावलाखेल ग्रुप अफ कम्पनीका अध्यक्ष तथा मदिरा उद्यमी हुन् । आन्तरिक राजश्व विभागले करदाताको पहिलो नम्वरको सूचिमा सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूचीमा आईएमई, कामना सेवा विकास बैंक, अग्नि इन्कर्पोरेट, भिएफ सर्भिस ९मौरिसस० र घोराही सिमेन्टलाई समेत सम्मान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*