नयाँ वर्ष लागेसँगै सुनचाँदीको भाउ बढोत्तरी

३ बैशाख २०७८, शुक्रबार १३:०१

काठमाडौं । दिनहुँ घटबढ भइरहने सुनको मूल्य नयाँ वर्ष लागेसँगै लगातार रुपमा मूल्य उकालो लागेको छ । नयाँ वर्षको सुरुवातसँगै सुनचाँदीको मूल्य क्रमश बृद्धि हुन थालेको हो । वैशाख ३ गते शुक्रबार सुनको मूल्य ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सम्ममा छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

बिहीबार सुन प्रतितोला ३०० रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आजसम्ममा सुनको मूल्य ७०० ले बढेर प्रतितोलाको मूल्य ९० हजार ५०० पुगेको हो

त्यस्तै शुक्रबार सुनसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार पनि चाँदी तोलामा ३० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*