बीमा समितिद्वारा जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक अग्रवाल निलम्वित

३ बैशाख २०७८, शुक्रबार २०:२७

काठमाडौं । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका एक जना सञ्चालकलाई आज निलम्वन गरेको छ । बीमा समितिले जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई आजैका मितिबाट लागू हुने गरी सञ्चालकबाट निलम्वन गरेको हो ।

बीमा समितिले जारी गरेको लगानी निर्देशिका विपरित कार्य गरेको पुष्टि भएपछि निलम्वन गरिएको बीमा समितिले जनाएको छ । समितिले स्थलगत अवलोकनको क्रममा निज सञ्चालक अग्रवालले लगानी निर्देशिका विपरित कार्य गरेको पुष्टि भएकोले निलम्वन गरिएको हो । अग्रवाल २०७६ साउन २९ गतेको साधारणसभाबाट सञ्चालकमा नियुक्त भएका थिए । उनले लगानी निर्देशिका विपरित कार्य गरेको प्रमाण बीमा समितिले फेला पारेपछि निलम्वन गर्नु परेको जनाइएको छ ।

बीमा समितिले कुनै समय सीमा नतोकी सञ्चालक अग्रवाललाई निलम्वन गरिएको जनाएको छ । सञ्चालक अग्रवाल नेपाली शेयर बजारका खेलाडी समेत हुन् । उनीमाथि जनरल इन्स्योरेन्स कम्पनीसहितका अन्य कम्पनीहरुको सूचना बिक्री गर्ने गरेको आरोप समेत लाग्दै आएको थियो ।

जनरल इन्स्योरेन्स कम्पनीमा एक साताअघि स्थलगत निरिक्षण गरिएको सो कम्पनीका सूचना अधिकारी रामप्रसाद पौडेलले बीमा पोष्टलाई जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*