पेट्रोलियम पदार्थको मूल्य बढ्यो

५ बैशाख २०७८, आईतवार ११:०३

काठमाडौं । नेपाल आयल निगमले शनिबार रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोल, डिजेल, र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँका दरले मूल्य बृद्धि भएको हो । आज पेट्रोलको मूल्य प्रतिलिटिर रु १२१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १०४ रुपैयाँ पुगेको छ । त्यस्तै हवाई इन्धनमा भने प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएर प्रतिलिटर अहिले ७६ रुपैयाँ पुगेको छ ।

आयल निगमका अनुसार मूल्य बृद्धि भएपनि निगमलाई मासिक ७० करोड ६६ लाख रुपैयाँ घाटा भएकोे छ ।
त्यस्तै, पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ७२ पैसा, एलपी ग्यासमा प्रति सिलिण्डर ४१८ रुपैयाँ ४७ पैसा घाटा हुने निगमले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*