खाने तेलको मुल्य १० देखी १५ रुपियाँले बढ्यो

६ बैशाख २०७८, सोमबार १४:५६

काठमाडौँ । बजारमा खाने तेलको मूल्य पुन उकालो लागेको छ । खाने तेलको मूल्य ब्रान्ड अनुसार १० देखी १५ रुपैयाँले बढेको हो ।

गत माघकोमध्यतिर प्रतिलिटर २० रुपियाँ सम्मले घटेको तेलको भाउ यतिबेला १० देखी १५ रुपियाँले मूल्य वृद्धी भएको छ । बजारमा भटमास, सनफ्लावर र तोरीको तेलको मूल्यमा प्रतिलिटर १० देखी १५ रुपियाँ बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

सङघले १५ दिन अगाडी प्रतिलिटर २३५ देखी २४० मा बिक्री गरेको सनफ्लावर अहिले बजारमा २५० पुगेको छ, त्यसै गरी प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेल २३५ र तोरीको तेलमा पनि प्रतिलिटरमा ब्रान्ड हेरेर १० देखी १५ रुपियाँमा बढेको छ ।

सङघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार भारतमा तेलको भाउ बढेको नेपालबाट भारत तिर तेल आपुर्ति हुने भएकाले तेलको मूल्य नेपाली बजारमा पनि बढेको जनाए । प्रायः नेपालमा प्र्रसोधन गरेको तेल भारतमा आपूर्ति गर्न प्रवृत्ति बढेका कारण नेपाली बजारमा खाने तेलको भाउ आकासिएको अध्यक्ष श्रेष्ठले बताए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*