लक्ष्मी बैंकको ‘ओरेन्ज सेभिङ प्लस’ खातामा ४.५% ब्याजदरको साथै बिमा सुविधा

६ बैशाख २०७८, सोमबार १६:१४

काठमाडौं । लक्ष्मी बैंकको प्रिमियम बचत खाता ‘ओरेन्ज सेभिङ प्लस’ बाट ग्राहकहरूले अब ४.५% वार्षिक ब्याज दरको साथै थप आकर्षक सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

‘ओरेन्ज सेभिङ प्लस’ खाता भएका ग्राहकले रु. १ लाख सम्मको वार्षिक स्वास्थ्य बिमा र रु.१० लाख सम्मको दुर्घटना मृत्यु÷अक्षमता बिमा सुविधा पाउन सक्नुहुनेछ । यति मात्र नभएर डेबिट कार्ड, क्रेडिट कार्ड र डलर ट्राभल कार्ड पनि निःशुल्क जारी गरिनुका साथै लक्ष्मी बैंक को डेबिट कार्ड नेपाल भरी कुनै पनि एटिएममा प्रयोग गर्दा लाग्ने शुल्क फिर्ता गरिन्छ ।

अझ नयाँ वर्षको अफर अन्तर्गत वैशाख महिनाभरी ‘ओरेन्ज सेभिङ प्लस’ खाता खोल्ने ग्राहकहरुले लक्ष्मी बैंकको प्रि–पेड डलर कार्ड ‘ओरेन्ज कार्ड’ निःशुल्क प्राप्त गर्नेछन् । सो अफर ‘ओरेन्ज सेभिङ प्लस’ वर्तमान ग्राहकहरुको लागि पनि लागू हुनेछ।

यसै गरी विभिन्न संघसंस्थामा कार्यरत कर्मचारीहरुको लागि ल्याइएको विशेष खाता “शुभश्री लक्ष्मी बचत खाता” मा पनि बैंकले पनि विभिन्न सुविधाका साथमा ४.५% को उच्च ब्याज दर प्रदान गरिरहेको छ ।
थप जानकारी प्राप्त गर्न वा खाता खोल्नका लागि लक्ष्मी बैंकको नजिकैको शाखा अथवा बैंकको वेबसाईट धधध.बिहmष्दबलप.अयm मा जान सक्नुहुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*