जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभाको मिति तोकियो, २२ सम्म नेप्सेमा कायम रहेका शेयरधनी मात्र उपस्थित हुन योग्य

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाको मिति तोकिएको छ ।
संस्थाको ६ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार १० औ वार्षिक साधारण सभा वैशाख ३० गते बिहिबार हुने तय भएको हो । संचालक समितिका अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा नं. ९ कालिकापथ, रुपन्देहीमा हुने जानकारी गराएको छ ।
उक्त वार्षिक साधारण सभा प्रायोजनका लागि शेयरधनी दर्ता बुक वैशाख २३ गते नै बन्द गरिने भएकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वैशाख २२ गतेसम्म कायम रहेका शेयरधनीहरु मात्र साधारण सभामा उपस्थित हुन योग्य हुने भनि संस्थाले पत्रअनुसार नेप्सेलाई जानकारी गराएको छ ।