नेप्से दुई दशमलव ६८ अंकले बढ्यो

७ बैशाख २०७८, मंगलवार १५:५६

काठमाडौं । लगातार दुई दिन सम्म रातो रङमा तटस्थ भई घटेको नेप्से आज भने दुई दशमलव ६८ अंकले बढेको छ ।

नेप्से पूँजि बजारमा शेयरको मूल्य सूचांक दुई दशमलब ६८ अंकले बढेर दुई हजार ६६४ दशमलब ६१ मा कायम भएको हो ।

आज साता तेस्रो दिन मङगलबार २१६ कम्पनिले एक करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर किनबेच गर्दा पाँच अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*