आइएमई लाइफ इन्स्योरेन्सद्धारा पाँच लाख रुपैयाँ बीमा दाबी भुक्तानी

९ बैशाख २०७८, बिहीबार १७:४४

काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका– ६ मा बीमित स्व. नरसिंह कहारको परिवारले पाँच लाख १५ हजार ७४३ रुपैयाँ वरावरको बीमा दावी भुक्तानी आफ्नै घरमा प्राप्त गरेका छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पश्चिम नवलपरासीमा बीमितको मृत्यु पश्चात् बीमा दाबी रकम भुक्तानी गरेको जनाएको छ । सो कम्पनीमा बीमा गरेका नरसिंह कहारको बीमा गरेको एक वर्ष भित्रै कालगतिले मृत्यु भएको थियोे ।

सो स्थानका वडा अध्यक्ष कैलाश यादवको रोहवरमा तथा उक्त बीमा कम्पनीका प्रदेश प्रमुख एजिएम ऋषिभक्त ढकालको उपस्थितिमा कम्पनीको परासी शाखाका प्रमुख अमरदीप गुप्ताले बीमितकी पत्नी गीता कहारलाई ५ लाख १५ हजार ७ सय ४३ रुपैयाँको चेक हस्तान्तरण गरेको सो कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*