सुनको मूल्य पाँच सयले घट्यो

१० बैशाख २०७८, शुक्रबार ११:३४

काठमाडौँ । आज बजारमा सुनको मूल्य तोलामा पाँच सयले घट्ेर प्रतितोला ९१ हजार सात सयमा कारोबार भइ रहेको छ ।

बुधबार एकै दिन १३ सयले बढेको सुनको मूल्य बिहिबार पनि दुई सयले बढेर तोलाको ९२ हजार दुई मा कारोबार भएको सुनको मूल्य आज शुक्रबार भने पाँच सयले घटेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापा वाला सुनको मूल्य ९१ हजार सात सय र तेजाबि सुनको मूल्य ९१ हजार दुई सयमा कारोबार भइरहेको छ । यसै गरी बिहिबार १० रुपैयाँले बढेर १३ सय ३५ मा कारोबार भएको चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*