पुरानो लाभांश लैजान हिमालयन डिस्टिलरीको सूचना, अटेर गरे कोषमा जम्मा गरिने

१० बैशाख २०७८, शुक्रबार ११:५८

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले २०७० सालदेखि २०७२ सालसम्ममा कम्पनीले वितरण गरेको मुनाफा केही शेयरधनीहरुले लैजान बाँकी रहेको भन्दै त्यसरी लाभांश लैजान बाँकी रहेका शेयरधनीहरुलाई यथाशिघ्र सम्पर्क गरी आफ्नो लाभांश लैजान सूचना जारी गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको ५० प्रतिशत लाभांश दिने निर्णय सम्बन्धित शेयरधनीहरुको बैंक खातामा गइसकेको जनाउँदै कम्पनीले आ.व. २०७०/०७१ र आ.व. २०७१/०७२ मा वितरण गरेको लाभांश अझै केही शेयरधनीहरुले लैजान बाँकी रहेको जनाउँदै त्यस्ता शेयरधनीहरुलाई नगद लाभांश लैजान आग्रह गरेको हो ।

साथै कम्पनीले तोकिएको समयभित्र लगानीकर्ताले नगद लाभांश बुझि नलिएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा रकम जम्मा गरिने समेत नेप्सेलाई जानकारी गराएको आज प्रकाशित सूचनामा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*