प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभा जेठ २ गते, बुक क्लोजको मिति कहिले ?

१० बैशाख २०७८, शुक्रबार १२:०८

काठमाडौं । प्रेुडेन्सियल इन्स्योरेन्स कम्पनीले १९ औं बार्षिक साधारणसभाको मिति तय गरेको छ । कम्पनीको हिजो अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गते बार्षिक साधारणसभाको मिति तय गरेको हो ।

आर्थिक वर्ष २०७६।०७७ मा आर्जित मुनाफाबाट बोनस शेयर वितरण गर्ने घोषणा गरेको कम्पनीले साधारणसभा अघि यही बैशााख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । बैशाख १८ गतेसम्म कायम रहेका शेयधनीहरुले आगामी साधारणसभामा भाग लिन पाउनेछन् ।

कम्पनीले यस साधारणसभाबाट पुँजि संरचना फेरबदल गर्न लागेको छ । हाल ६०ः४० रेसियोमा संस्थापक र सर्वसाधारण शेयर स्वामित्व रहेको कम्पनीमा अब ५१ः४९ प्रतिशत रेसियोको आधारमा पुँजि संरचना संशोधन गर्न प्रस्ताव गरिएको छ ।
कम्पनीका सचिव आनन्दबाबु खड्काले २०७८ साल जेठ २ गते होटल इच्छा सिमरा, बारामा कम्पनीको १९ औं बार्षिक साधारणसभा आह्वान गरिएको बताए ।

सो कम्पनीले हाल कायम चुक्ता चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०।४२ प्रतिशत गरी कुल ८।४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पेश गर्ने निर्णय यस अघि नै गरिसकेको छ ।

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*