रिलायन्स फाइनान्सको खुद नाफा बढ्यो, अन्य सूचांक कस्तो ?

१० बैशाख २०७८, शुक्रबार १२:४८

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आज तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेकोछ । आज प्रकाशित अपरिकृष्ट वित्तीय विवरण अुनसार कम्पनीको खुद ब्याज आम्दानी घटेपनि खुद नाफा भने बढेको छ ।

चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी ३३.०६ प्रतिशत घटेर १० करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । सो फाइनान्सको खुद नाफा भने ३७.३१ प्रतिशत बढेर ८ करोड ६८ लाख रुपैयाँ पुगेको छ । फाइनान्सको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन बढेका कारण खुद नाफामा भने बृद्धि भएको वित्तीय विवरणले औल्याएको छ । समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ३९ लाख रुपैयाँबाट बढेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, खुद नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि सुधार भई ३ रुपैयाँ ७८ पैसाबाट बढेर १३ रुपैयाँ ९१ पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*