आइएमई लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१० बैशाख २०७८, शुक्रबार १६:०९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले म्यादी बीमा अन्तर्गको मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।

वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका वृख बहादुर लिम्बु परिवारलाई कम्पनीले बीमा दाबी वापतको १२ लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।

कम्पनीको झापा शाखाले मृतक लिम्बुको परिवारलाई उक्त चेक हस्तान्तरण गरेको हो । रोजगारीको शिलशिलामा साउदी अरबमा काम गर्दै आएका लिम्बुको असमायिक निधन भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*