खाली सिलिण्डर भरेर राख्न ग्यास उद्योगीको आग्रह

१२ बैशाख २०७८, आईतवार १२:००

काठमाडौँ । गत वर्ष कोरोना नियन्त्रण गर्न सरकारले चैत १० गते देखी गरेको लकडाउनले गर्दा ग्याँसको हाहाकार माच्चिएको थियो ।

यतिबेला छिमेकी राष्ट्र भारत लगायत नेपालमा पनि दोस्रो लहर फैलिएको छ सो अवस्थाका कारण उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने भन्दै समयमा नै खाली सिलिण्डर भरेर राख्न ग्याँस उद्योगीहरुले अनुरोध गरेका छन् ।
कोरोनाका कारणले गर्दा नेपाल एलपी ग्यास आपूर्तिको व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै उद्योग संङ्गले शुक्रबार एक सुचना जारी गर्दै समयमै खालि ग्यास भरेर राख्न आग्रह गरेको हो ।

महामारीको समयमा उपभोक्ताले ग्याँसको अभाव भोग्नु नपरोस भनेर समयमै सूचित गराइएको संघका अध्यक्ष गोकुल भण्डारीले बताए । साथै ग्यासको अभाव हुन नदिन भण्डारण क्षमता अनुसार मौज्दात राख्न ग्यास उद्योगीले पत्र लेखकोे जानकारी गराए । भण्डारिका अनुसार अहिले भने ग्यासको कुनै समस्या छैन ।

उद्योगीसँग अहिले १५ हजार मेट्रिकटन एलपी ग्यासको माग रहेको र हाल नेपालभर दैनिक एक लाख सिलिण्डर ग्यासको माग हुने गरेको छ । उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको अध्यक्ष भण्डारीले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*