सुनको मूल्य फेरी चार सयले घट्यो, प्रतितोलाको मूल्य कति ?

१२ बैशाख २०७८, आईतवार १२:२५

काठमाडौँ । घटबढ भइरहने सुनको मूल्य आज साताको पहिलो दिन आइतबार पनि पुनः चार सयले घटेको छ ।

पछिल्लो समय सुनको मूल्य ओरालोतर्फ लागिरहेको छ । आज तोलामा चार सयले मूल्य घटेर नेपाली बजारमा प्रतितोला ९१ हजार तिन सयमा कारोबार भइरहेको हो । शुक्रबार सुनको मूल्य पाँच सयले घटेर प्रतितोला ९१ हजार सात सयमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि शुक्रबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ९० हजार आठ सयमा कारोबार भइरहेको छ ।

यसैगरी शुक्रबार तोलामा १५ रुपैयाँले घटेर १३ सय २० मा कारोबार गरेको चाँदीको मूल्य पनि आज १० रुपैयाले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*