उपत्यकाका प्रशासन कार्यालय अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द

१२ बैशाख २०७८, आईतवार १६:३७

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालय अत्यावश्यक सेवा बाहेकका अन्य सेवा एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले अत्यावश्यक बाहेकका अन्य सेवाहरु एक हप्ताको लागि बन्द लागिएको हो ।

सोमबारबाट लागू हुने गरी प्रशासन कार्यालयबाट अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*