आरम्भ चौतारी लघुवित्तले ३७ करोड कर्जा उठायो

१२ बैशाख २०७८, आईतवार १६:५७

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले यो बर्षमा ३७ करोड ६४ लाख कर्जा उठाउन सफल भएको छ ।

संस्थाले चालु आर्थिक वर्षको त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत वर्ष भन्दा चालु आर्थिक वर्षमा २.९१ गुणा बढी नाफा कमाएको हो ।

यसैगरी संस्थाको संचालन मुनाफा पनि ११३.२० प्रतिशतले बढेर १२ करोड ५ लाख ७८ हजार पुगेको हो जुन गत वर्ष भन्दा २.८५ गुणाले बढी हो ।

त्यस्तै संस्थाको १२ करोड ४२ लाख ५ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ भने संस्थाको हाल २८ करोड ६७ लाख ६३ हजार रुपैयाँ चुक्तापुँजी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*