गुराँस लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बोधलाल पुरी नियुक्त

१३ बैशाख २०७८, सोमबार ११:३८

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनी सचिव परिवर्तन गरेको छ ।
कम्पनीको वैशाख १२ गते आइतबार बसेको संचालक समितिको १६८ औं बैंठकले रिक्त कम्पनी सचिव पदमामा परिपालन विभाग प्रमुखको रुपमा कार्यरत कानून अधिकृत बोधलाल पुरीलाई नियुक्ति गरको हो ।


कम्पनीको प्रशासन विभाग प्रमुख, सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले व्यक्तिगत कारण देखाई कम्पनीको सेवाबाट राजीनामा दिएपछि पद रिक्त थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*