नेपाल बैंक वित्तीय विवरण सार्वजनिक, मुनाफा दुई अर्बमाथि

१३ बैशाख २०७८, सोमबार ११:४२

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । त आर्थिक वर्षको सोही अवधिको तुलनामा यस चालु आर्थिक वर्षको खुद नाफा १३.३१ प्रतिशतले बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ ।

त्यस्तै बैंकको अपरिकृष्त विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सामान्य सुधार देखिएको छ । संचालन अवधिमा बैंकको ब्याज आम्दानी ११.७५ प्रतिशतले बढेको हो भने सञ्चालन मुनाफा २९.७६ प्रतिशत बढेकोे छ ।

गत आर्थिक वर्षको तुलनामा बैंकको चालु आर्थिक वर्षमा खुद मुनाफा बृद्धि भएको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ६ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य मुनाफा चालु आर्थिक वर्षको चैत मसान्तसम्मा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ धनात्मक भएको हो ।

बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । समिक्षा अवधिमा ३ रुपैयाँ २६ पैसा घटेर २३ रुपैयाँ ८७ पैसामा सिमित भएको छ । गत आर्थिक वर्षको तुलनामा प्रतिशेयर आम्दानी भने कम हो । गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पुँजी १२ अबए ६३ करोड ६७ लाख रुपैयाँ पु¥याएको थियो ।
सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.२३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २७० रुपैयाँ २२ पैसा रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको जगेडा कोष १४.७४ प्रतिशत बढेको छ भने निक्षेप ७.१२ प्रतिशत र कर्जा लगानी २३.८४ प्रतिशत बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*