सुध्रियो प्रभु बैंक, नौ महिनाको नाफा दुई अर्बमाथि

१३ बैशाख २०७८, सोमबार १२:१३

काठमाडौँ । खराब बैंकहरुलाई मर्ज गरेर ठूलो बैंक बनेपनि लामो समयदेखि औषतको वित्तीय विवरण प्रकाशन गर्दै आएको प्रभु बैंक यस पटकको वित्तीय विवरणमा निकै सुध्रिएको देखिएको छ ।

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गर्दै मुनाफामा अर्ब क्लवमा पार्न सफल भएको छ भने मुनाफा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । समीक्षा अवधीमा बैंकले दुई अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत बर्ष भन्दा ४४.०८ प्रतिशत बढी मुनाफा गरेको बैंक अब विस्तारै लयमा फर्केको विश्वास गरिएको छ । समिक्षा अवधिमा बैंकको खुद नाफा ब्याज आम्दानी ६.६० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४२.०७ प्रतिशत र मुनाफा ४६.८५ प्रतिशत बढेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ । त्यसैगरी, बैंकको वितरणयोग्य मुनाफा पनि एक अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि चार रुपैयाँ ९० पैसा बाट बढेर समिक्षा अवधिसम्म प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७९ पैसा पुगेको छ । बैकको मूल्य आम्दानी अनुपात १८.७६ गुणा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ । गत बर्षको भन्दा चुक्ता पूँजी १० प्रतिशतले बढ्दा जगेडा कोष १८.२५ प्रतिशतले बढेको छ । सो अवधिमा बैंकको निक्षेप १८.२५ प्रतिशत बढेको छ भने कर्जा पनि बढेर ३५.१२ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षको चैत मसान्तसम्मको तुलनामा बैंकको कर्जा बढेको भए पनि निष्क्रिय कर्जा भने १.४७ प्रतिशतविन्दुले घटेर १.४८ प्रतिशत पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*