नेपाल बैंक लिमिटेडको लेखापरीक्षक नियुक्ति

१३ बैशाख २०७८, सोमबार १४:३०

काठमाडौं । नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्ति गरेको छ । बैंकले सुनिरकुमार ढुङ्गेललाई लेखापरीक्षकमा नियुक्ति गरेको सूचना जारी गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको हो ।

बैंकको २०७७ पौष २९ गते सम्पन्न ६१ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/0७८ को लेखापरीक्षका लागि चार्टर्ड एकाउण्टेन्ट नरेन्द्र भट्टराई, जगन्नाथ उपाध्याय र मुकुन्द महतलाई नियुक्त गर्ने निर्णय भएको थियो ।

बाह्य लेखापरीक्षकमा रहन चार्टर्ड एकाउण्टेन्ट मुकुन्द महतले असमर्थ जनाएपछि महालेखापरीक्षकको कार्यालयको परामर्श अनुसार महतको सट्टा सुनिरकुमार ढुङ्गेललाई बाह्य लेखापरीक्षकमा नियुक्ति गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*