उपत्यकाका तीन जिल्लामा वैशाख १६ देखि निषेधाज्ञा

१३ बैशाख २०७८, सोमबार १४:४४

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियेन्ट नेपालमा पनि बढेकोले उपत्यकाका तीन जिल्ला निषेधाज्ञा हुने भएको छ ।

वैशाख १६ गते राति १२ बजेदेखि लागू हुने गरि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको हो । तीन जिल्लामा अत्यावश्यकका खाद्यपदार्थ र औषधि पसल बाहेकका पसल बन्द गर्ने र निजी तथा सार्वजनिक यातायात समेत बन्द गर्ने गरी निषेधाज्ञा गरिने स्रोतले जानकारी दिएको छ ।

आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले तीन जिल्ला प्रमुखलाई वैशाख १६ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुर निषेधाज्ञा गर्न सुझाव दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*