पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण, नर्भिक हस्पिटलमा उपचार हुँदै

१३ बैशाख २०७८, सोमबार १५:३६

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी शाह, तथा राजपरिवारका पूर्व सदस्य प्रेरणा शाहलाई कोरोना भाइरस पोजेटिभ देखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

तीनै जनालाई गत शनिबार अस्पताल भर्ना गरिएको हो । पूर्व राजा यसअघि भारतबाट फर्केका थिए । भारतबाट फर्केपछि सामान्य ज्वरो आएपछि परिक्षणको क्रममा कोरोना पुष्टि भएसँगै अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार शनिबार अपरान्ह १ बजे पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित अस्पताल पुगेका थिए ।

उनीहरुको उपचार भइरहेको र अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । आज विहान प्राप्त अपडेट अनुसार ज्वरो आउन छोडेको भाइरसको प्रभाव घट्दै गएको जनाइएको छ ।

फाइल तस्विर

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*