सानिमा बैंकले माइती नेपाललाई थप दुई वर्ष सहयोग गर्ने

१३ बैशाख २०७८, सोमबार १६:००

काठमाडौँ । सानिमा बैकले दिदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागी सम्झौता नविकरण भएको छ ।

आज उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागााई र माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइरालाले हस्ताक्षर गरेका हुन् ।

करिब तीन दशकदेखी महिला तथा बालबालिका बेचबिखन विरुद्ध विभिन्न अभियान चाल्दै आएको माइती नेपाललाई सहयोग पु¥याउने उद्देश्यले बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दश लाख रुपैयाँ सहयोग गर्ने बैंकले जनाएको छ ।

हालसम्म सानिमा बैंकको शाखा देशभरीमा ८३ रहेका छन भने १७ वटा विस्तारित काउन्टर र ९६ एटिएमहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*