एकतिहाई कर्मचारीबाट बीमा सेवा सूचारु गर्न निर्देशन

१७ बैशाख २०७८, शुक्रबार १७:००

काठमाडौं । सरकारले जारी गरेको निषधाज्ञाको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई बीमा समितिले सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण नेपालमा पनि फैलिएसँगै स्थानीय प्रशासनहरुबाट निषेधाज्ञाको आदेश जारी भएको समयमा इजाजतपत्र प्राप्त बीमा कम्पनीहरुलाई समितिले बीमा सेवा सूचारु गर्न निर्देशन दिएको हो ।

निषेधाज्ञाको समयमा एक तिहाइ कर्मचारीहरुबाट सेवा दिन बिमा समितीले कर्मचारीहरुलाई निर्देशन दिएको छ । समितीले आज एक विज्ञप्ती जारी गर्दै आवश्यक बीमा सेवा प्रवाह गर्न एक तिहाई कर्मचारीहरुबाट आलो पालोमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

समितीले निषेधाज्ञा अवधिभर अनलाइनमार्फत बीमालेख जारी गर्न तथा अनलाईनबाट नविकरण गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ। अनलाईनबाट बीमालेख जारी गर्दा अनिवार्य रुपमा बीमा समितिबाट जारी भएका ऐन नियम र निर्देशिकाका साथै बीमकको अन्डराइटिङ्ग म्यानलुको अधिनमा रहनु पर्ने समितिद्धारा जारी सर्कुलरमा उल्लेख छ ।

बीमालेखको प्रस्ताव फारम अनलाइन मार्फत भराउने र पर्याप्त रुपमा बीमा जोखिमाङ्कन गरी बीमालेख जारी गर्न सकिने समितिले जनाएको छ । बीमालेख प्रस्तावको फारम भर्दा ग्राहक पहिचान फारम, फोटो लगायत अन्य जानकारी समेत मिलाउनु पर्ने समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मोवइल बैंकिङ्ग, इबैकिङ्ग तथा अनलाईन सेवा प्रदायकमार्फत बीमालेख अन्तर्गतको बीमाशुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

निर्जीवन बीमा कम्पनीले तत्काल सृजना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यबाट समेत निवेदन प्राप्त भएमा निषेधाज्ञाको अवधि सामाप्त भएपछि तत्काल सर्भेयर खटाएर क्षतिको यकिन गरी दाबी भुक्तानी गर्ने निर्देशन दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*