रिचार्जरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

१७ बैशाख २०७८, शुक्रबार १७:४७

काठमाडौं । इ–कमर्श प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । हाल कोरोना महामारीको संक्रमण तिब्र बनिरहेका बेला अस्पताल अभाव भईरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ ।

२०७७ बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीमा कोरोना संक्रमण देखिएको खण्डमा अस्पतालसम्म पुग्नका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिएको रिचार्जरले जनाएको छ । सेवाग्राही आफैंले एम्बुलेन्स व्यवस्था गरेको खण्डमा अस्पतालका कागजात सहित रिचार्जरमा सम्पर्क गर्दा एम्बुलेन्समा लागेको खर्च रिचार्जरले उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

यसका साथै कोभिड प्रोटेक्टिभका सामानहरु ८० प्रतिशतसम्मको छुटमा घरमा निशुल्क डेलिभरी हुने व्यवस्था रिचार्जरले गरेको छ । यसका लागि सेवाग्राहीले रिचार्जरको मोबाइल एपबाट सामान अर्डर गर्नु पर्ने हुन्छ ।

निषेधाज्ञाका बेला सामान किन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै रिचार्जरले विभिन्न बैंकका क्रेडिट कार्ड वाहकहरुलाई तत्काल किस्ताबन्दीमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने छ । बैंकका क्रेडिटकार्ड वाहकले रिचार्जरबाट सामान खरिद गरेर लकडाउन पछि उक्त रकमलाई किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नेछन् ।

किस्ताबन्दीमा ग्याजेट्स किन्न चाहने तर क्रेडिट कार्ड नभएकाहरुले रिचार्जर एपमा दिइएको कोटेशन फिल अप गरे पछिका प्रकृया पुरा गर्न अनलाइनबाटै कागजात बुझाएर सामान अर्डर गर्न सक्ने छन् । ग्याजेट्स किन्दा विभिन्न बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नेले १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् भने इसेवाबाट रकम भुक्तानी गर्नेले १५ प्रतिशतसम्म क्यास प्वाइन्ट रिडिम गरी सामान किन्न सक्ने छन् ।

रिचार्जरका नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेर खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाउने छन् । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र विभिन्न सेवाको बिल भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइनेछ । यसरी प्राप्त क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा सदुपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*