कोभिडका कारण वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित

१९ बैशाख २०७८, आईतवार १२:२४

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएपछि नेपाल सरकारबाट निषेधाज्ञा जारी गरिएकोले वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित भएको छ ।

संस्थाको संचालक समितिको वैशाख १८ गते बसेको ५२१ औं बैठकको निर्णयअनुसार सरकारबाट निषेधाज्ञा जारी गरिएको अवस्था र कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को निर्णय र सूचना प्रकाशित नभएसम्मको लागि साधारणसभा स्थागित गरिएको हो ।

कम्पनीको मिति २०७८/०१/३१ गते बस्ने भनिएको २४ औं वार्षिक साधारणसभा संस्थाको प्रधान कार्यालय कमलादीमा हुने भनिएको थियो । कोभिड–१९ को नयाँ संक्रमणको कारण नेपाल सरकारले वैशाख १६ गतेबाट उपत्यकाका तीन जिल्ला लगायतका अन्य संक्रमणदर बढेका जिल्लामा निषेधाज्ञा गरेको थियो ।

विषम परिस्थितिलाई मध्यनजर राख्दै निषेधाज्ञाका कारण वैशाख ३१ गते बस्ने भनिएको कम्पनीको वार्षिक साधारणसभा स्थागित गरिएको एक सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*