नेप्सेद्धारा युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का

१९ बैशाख २०७८, आईतवार १२:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको सेयर कारोबार वैशाख १९ गतेबाट नेप्सेले रोक्का गरिदिएको हो ।

नेप्सेका अनुसार नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको व्यहोरा मिति २०७८/०१/१७ गते नेप्सेलाई जानकारी गराएको थियो ।

बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिने तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली बमोजिम नेप्सेले युनाईटेड फाइनान्सको शेयर कारोबार मिति २०७८/०१/१९ गतेबाट रोक्का गरिएको सूचना जारी गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*