रु रु हाइड्रोपावरको आईपीओ सूचिककरण

२० बैशाख २०७८, सोमबार १२:०५

काठमाडौं । केहि समयअघि आईपीओ निष्काशन र बाँडफाँड गरेको रु रु जलविद्युत परियोजनाको आईपीओ सूचिकरण भएको छ ।

वैशाख १९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र रु रु जलविद्युत परियोजनाबीच प्रतिशेयर अंकित तथा चुक्ता मूल्य रु. १०० कायम भएको ४० लाख ७७ हजार ५५ कित्ता साधारण शेयर सूचिकरण गर्ने सम्झौता भएको हो ।

सर्वसाधारणमा बाँडफाँड गरिएको ४,०७,७०६ कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको ४,०७,७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२,६१,६४४ कित्ता शेयर समेत गरी जम्मा ४०,७७,०५५ कित्ता साधारण शेयर बितरण गरिएको थियो । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटललाई राखी साधारण शेयर खुल्ला बिक्री आह्वान गरेको थियो ।

नेप्से र कम्पनीबीच धितोपत्र सूचिकरण गर्ने सम्झौता भएको दोस्रो दिनदेखि नै नेप्सेमा कम्पनीकोे दोस्रो बजारको कारोबार सुरु हुने जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*