मध्य भोटेकोशी हाइड्रोपावरको आईपीओ चाँडै आउँदै

२० बैशाख २०७८, सोमबार १२:३१

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर निष्काशन गरिरहेको छ । पछिल्लो समय सर्वसाधारणहरुको आईपीओप्रति ‘क्रेज’ बढिरहँदा मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर निष्काशन गर्ने भएको हो ।

आईपीओप्रति यसरी क्रेज बढ्दै जाँदा हित ग्राही खाता खोल्नेको संख्या ३५ लाख भन्दा बढि पुगिसकेको छ । यसैबीच मध्य भोटेकोशी हाइड्रोपावर कम्पनीले ठूलो मात्रामा शेयर निष्काशनको तयारी गरेको छ । मध्य भोटेकोसी जलविद्युत आयोजनाले नेपाल धितोपत्र बोर्डबाट १ करोड ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको छ । जुन १ अर्ब ५० करोड बराबर हुन आउँछ ।

कम्पनीका अनुसार कुल चुक्तापुँजीको २५ प्रतिशत बराबरको सेयर आइपीओमार्फत् निष्कासन गर्न लागेको हो । त्यस्तै कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोवल आइएमई क्यापिटल लिमिटेड रहनेछ । कम्पनीले सूचना जारी गरेअनुसार अनुमति पाएसँगै यसै महिना भित्रै शेयर निष्काशन प्रक्रियामा जाने कम्पनील योजना बनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*