एलआइसी नेपालका पूर्व कम्पनी सचिव भुजेल नेपालमा लाइफमा, कम्पनी सचिव पदमा लिए शपथ

२० बैशाख २०७८, सोमबार १३:४५

काठमाडौं । लामो समयसम्म एलआईसी नेपालमा कम्पनी सचिवको रुपमा कार्यरत बिनोद भुजेलले सो कम्पनीबाट राजिनामा दिएका छन् ।

भुजेलले एलआइसी नेपाल छोडेर नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा हिजो आइतबार शपथ लिएर कार्यभार सम्हालिसकेका छन् ।
भुजेलले एलआईसी नेपालमा दिएको राजिनामा यही बैशाख १५ गते स्वीकृत भएको थियो । भुजेलले एलआईसी नेपालमा बैशाख १७ गते शुक्रबारसम्म काम गरेका थिए । पुरानो कम्पनीबाट राजिनामा स्वीकृति भई, नो अब्जेक्सन लेटरसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएको भुजेलले जानकारी दिए । यद्यपि नेपाल जीवन बीमक संघले लागू गरेको आचार संहिता अनुसार माथिल्लो तहका कर्मचारीलाई एक कम्पनीबाट अर्को कम्पनीमा जाँदा एक महिनाको कुलिङ पिरियड अनिवार्य गरिएको छ ।

व्यवस्थापनमा स्नातकोत्तर भुजेल काुननमा स्नातक गरेर विगत १३ वर्षदेखि जीवन बीमा कम्पनीको कम्पनी सचिव जस्तो जिम्मेवार पदमा कार्यरत रहेर अनुभव संगालिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*