वैशाख २३ गतेदेखि अन्तराष्ट्रिय उडान बन्द

२० बैशाख २०७८, सोमबार १६:४०

काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएपछि सरकारले वैशाख २३ गते बिहिबारबाट सबै अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ ।

आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले देशैभर फैलिरहेको कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न लामो दूरीका यातायात पछि अन्तराष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ्का अनुसार कोरोनाको संक्रमण तीव्र बढ्दै गइरहेकोमा त्यसलाई नियन्त्रण गर्न २३ गतेदेखि नै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै वैशाख २० गते अर्थात आज राति १२ बजेबाटै लागुहुने गरी अन्तरिक उडानमा समेत रोक लगाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*