१२ अंकले घट्यो नेप्से, कारोबार साढे सात अर्ब माथि

२० बैशाख २०७८, सोमबार १७:००

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा शेयरको मूल्य घटेर कारोबार भएको छ । समग्र मूल्य सूचांक १२.३५ अंकले घटेर २६५२.७५ कायम हुन आएको छ ।

सोमबार कूल २१६ कम्पनीले एक करोड ५९ लाख आठ हजार ४८९ कित्ता शेयर किनबेच गर्दा सात अर्ब ५२ करोड ९२ लाख ८३ हजार ८६ रुपैयाँको कारोबार भएको छ ।

सोमबार शेयर मूल्य घटेको भएपनि नेशनल माइक्रो फाइनान्स, बिशाल बजार कम्पनी र महिला लघुवित्त, ङादी हाइड्रो पावर कम्पनी र सिंघटी हाईड्रो पावरको शेयरको मूल्य उच्च बिन्दुले बढ्न पुग्दा सर्किट लागेको छ । सोमबार माइक्रो फाइनान्स र लगानी समुहको शेयर मूल्य बृद्धि भएपनि अन्यको सूचांक राताम्मे बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*